logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • भ्रष्टाचार अभियोगमा उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

    भ्रष्टाचार अभियोगमा उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

    962
    Shares
    भ्रष्टाचार अभियोगमा उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका १ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले गाउँपालिका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सबइन्जिनियर सञ्जयकुमार मण्डल र जानकी कन्स्ट्रक्सन मनरा महोत्तरीका सञ्चालक

    राकेशकुमार रायविरुद्ध रु ८ लाख ६५ हजार एक सय ४५ बराबरको बिगो माग दाबी गर्दै आज मुद्दा दायर गरिएको जनाएको छ ।गुणस्तरहीन

    काम गरेको र त्यसलाई सदर गरी राज्यको स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend