logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मर्कुश दासको आवाज तथा कुशल पोखरेलको शब्द संगीतमा ‘थाहा छैन’ बोलको गीत सार्वजनिक

    मर्कुश दासको आवाज तथा कुशल पोखरेलको शब्द संगीतमा ‘थाहा छैन’ बोलको गीत सार्वजनिक

    6.8K
    Shares

    काठमाडौं।  मर्कुश दासको आवाज कुशल पोखरेलको शब्द संगीतमा थाहा छैन बोलको गीत सार्वजनिक भएको छ।  

    अष्ट्रेलियामा छायांकन भएको भिडिओमा सुबिर भन्डारी र हिलारी रावलले अभिनय गरेका छन्। प्रयुष मानन्धरको सिनेमेटोग्राफीको भिडियोलाई सुदीप विष्टले सम्पादन गरेका छन् भने सो गीत गायक मर्कुश दासको पहिलो निर्देशनमा बनेको म्युजिक भिडियो हो।  

    गायक तथा भिडियो  निर्देशक मर्कुशले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

    निर्देशक तथा गायक मर्कुश दास चर्चित गायक कर्ण दासका छोरा हुन् उनी हाल अष्ट्रेलियामा छन् भने सुमधुर आवाजका धनी यस गीतका रचनाकार तथा संगीतकार कुशल पोखरेल अमेरिकामा छन् । 

    मर्कुशले यसअघि मेलिना राईसँग जीन्दगी ओराली उकाली बोलको गीत गाएका छन् भने कुशलले अन्जु पन्तसँग सयौँ जुनी तिम्रै भनी बोलको लगायतका थुप्रै  गीतमा आफ्नो आवाज दिइसकेका छन् ।

    भिडियोमा हेर्नुहोस् :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend