logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • तोलामा १४ सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार?

    तोलामा १४ सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार?

    3.2K
    Shares
    तोलामा १४ सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । सुनको मूल्य एकैदिन तोलामा १ हजार ४ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीवार प्रतितोला २ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेको हो।

    बिहीवार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार १ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ। बिहीवार प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend