logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेश गर्न रोक, विमानस्थलबाटै फर्काइयो अमेरिका

    ‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेश गर्न रोक, विमानस्थलबाटै फर्काइयो अमेरिका

    4.4K
    Shares

    काठमाडौं । ‘द भ्वाइस अफ नेपालका विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न रोक लगाएको छ । बुधबार नेपाल आएका किरणलाई  त्रिुभवन विमानस्थलबाटै नेपाल प्रवेश गर्न नदिएपछि फेरि अमेरिका नै फर्किएका छन् । 

    ‘द भ्वाइस अफ नेपाल’ शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । उनी अमेरिकी नागरिक हुन् । अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिरेका थिए । किरण सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए ।

    किरण गजमेर भ्वाइस अफ नेपाल सिजन(३ को विजेता बनेका  हुन् । ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल  भएका थिए  ।

    टिम प्रमोद का गजमेरले  विजेता भएसँगै उनले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गरेका थिए  । उनी झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् । भुटानबाट सर्वस्व त्यागेर उनको परिवार नेपाल आएको थियो ।

    हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिएका थिए  ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend