logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • फाइनलमा नेपाली प्रशिक्षकमाथि प्रतिबन्ध लागेपछिको आक्रोश– सिधै भारतलाई उपाधि दिए हुन्छ 

    फाइनलमा नेपाली प्रशिक्षकमाथि प्रतिबन्ध लागेपछिको आक्रोश– सिधै भारतलाई उपाधि दिए हुन्छ 

    2.6K
    Shares

    काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । 

    उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौन ९ बजे  माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । 

    तर, यसअघि नै नेपाली मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुताईरीलाई प्रतिबन्ध लगाइएको छ । च्याम्पियनसिप फुटबलको फाइनल खेलमा उनलाई प्रतिबन्ध लगाएको हो । 

    श्रीलंका र बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका उनलाई शनिबार हुन लागेको भारतविरुद्धको फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो । तर, उनीमाथि लगाइएको प्रतिबन्ध साफकै नियमावलीविपरीत गरेको भन्दै आलोचना भइरहेको छ । 

    साफको नियमावलीअनु्सार रातो कार्ड पाएमा मात्र अर्को खेल गुमाउनेछ । तर, उनले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका थिए । 

    अलमुताईरीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । तर, साफको उक्त निर्णयप्रति मुख्य प्रशिक्षक अलमुताईरीले असन्तुष्टि जनाएका छन् । 

    शनिबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले आफूमाथि प्रतिबन्ध लगाउने निर्णय साफ च्याम्पियनसिपको उपाधि भारतले जितोस् भन्ने उद्देश्यले अभिप्रेरित रहेको आरोप लगाए ।  व्यक्तिगत रिसइवी साँध्ने गरी ममाथि नभएर नेपाली फुटबलमाथि कारबाही गरिएको उनको भनाइ छ । 

    नेपाललाई पहिलो पटक साफ च्याम्पियसिपको फाइनलमा पु¥याएका अलमुताईरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स ९कास०मा जाने चेतावनी दिएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend