logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन

    विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन

    2.1K
    Shares
    विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताएका हुन् ।

    उनले प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने, आवात–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भिर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरुलाई तयारी अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल त्यहाँ पुगेर आवश्यक भुमिका निर्वाह गर्न पनि निर्देशन दिए ।

    उनले भने – ‘हामीले यसको पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु नै सबैभन्दा ठूलो अहिलेको हाम्रो दायित्व हो । केही दिन अगाडी मात्रै पनि हामीले एउटा बैठक बसेर प्रतिकार्यका सम्बन्धी कार्यनीति पनि बनाएका थियौँ । अहिले फेरि वर्षाले नोक्शान गर्न थालिराखेको छ । बाटो अवरोध हुँदाखेरी भौतिक विकास र आर्थिक क्रियाकलापमा पनि गम्भिर क्षति पु¥याउँछ । मानवीय अत्यावश्यक गतिशीलतापनि त्यसले ठप्पै पारिदिन्छ । बिरामीदेखि लिएर अन्य महत्वपूर्ण कार्यका लागि घरबाट निश्चित गन्तव्यका लागि प्रस्थान गरेका नागरिकहरुको यात्रा पनि अवरोध हुन्छ । एकातिर धनजनको नोक्शान हुने, विपतमा परेर जीवन जाने जोखिम छ । सुरक्षित यात्रालाई पनि त्यसले गम्भिर प्रभाव पारेको छ । त्यसकारणले हामीले ठाउँ–ठाउँमा पूर्वतयारी गरेर बस्ने र हाम्रा सामग्रीहरु पनि जुन उपलब्ध छन्, तिनलाई पनि तयारी अवस्थामा राख्ने । कहीँ त्यस्तो खालको प्रभाव परिहाल्यो भने तत्काल राज्य त्यहाँ पुगेर त्यसको गर्नुपर्ने भुमिका निर्वाह गरिहाल्ने ।’

    उनले सरकारको मातहतका सरोकारवाला निकायहरुको पूर्वतयारी सन्तोषजनक रहेको उल्लेख गर्दै अहिले गरिएको तयारीले विपद्को सामना गरी नागरिकको जीवन रक्षा गर्नसक्ने विश्वास व्यक्त गरे । उनले भने– ‘दूरसञ्चारको ठूलो भुमिका हुन्छ । आपतको बेलामा सूचना र सञ्चार चाहिन्छ । मौसम प्रतिकुल भएको बेलामा, प्राकृतिक विपद्को बेलामा सूचना र सञ्चार पनि अवरुद्ध हुन्छ । त्यसलाई तत्कालका लागि जे अवस्था छ त्यो अवस्था सामना गरेर छिटो राहत र छिटो सहजीकरण गर्ने दायित्व हो । आउने दिनहरुमा यसका वैकल्पिक उपायहरु पनि खोज्नुपर्ने हुन्छ होला । सायद त्यो भइपनि राखेको छ । नेपाल सरकारका विभिन्न विभाग, प्रतिष्ठान, संस्थान र प्राधिकरणले गरेको तयारी सन्तोषजनक छ । यो तयारीले अवश्य पनि विपद्को बेलामा सामना गरेर आम नागरिकको जीवन रक्षा गर्नसक्छौँ र जीवनलाई सामान्यीकरण गर्न सक्छौँ भन्ने विश्वास हो ।’

    उनले विपद्को समयमा सूचना र सञ्चारको तत्काल आवश्यकता पर्ने भन्दै यसतर्फ दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण पनि गराए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend