logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्राकृतिक विपद्को जोखिम कम गर्न पूर्व सूचनासम्बन्धी टास्क फोर्स गठन

    प्राकृतिक विपद्को जोखिम कम गर्न पूर्व सूचनासम्बन्धी टास्क फोर्स गठन

    2.2K
    Shares

    काठमाडौं । जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी विषयगत समिति गठन भएको छ ।

    मनसुन शुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटनाहरु हुने भएकोले जोखिम न्यूनिकरणका लागि बेलैमा पूर्व सूचना दिने उद्देश्यसहित १५ सदस्यीय टास्क फोर्स गठन भएको हो ।

    प्रभावमा आधारित पूर्व सचना प्रणालीले प्राकृतिक विपद्जन्य घटनाबाट पुग्ने भौतिक तथा मानवीय क्षतिलाई न्यूनिकरण र जनधनको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यसाथ पूर्व सूचनाको विषयगत समिति गठन भएको जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जानकारी दिए ।

    डा. उप्रेतीले विषयगत समितिलाई बिहीवार मनसुनजन्य प्रकृतिका घटनाले निम्त्याउनसक्ने समस्या र पूर्व तयारीका बारेमा प्रशिक्षण दिएका थिए ।

    टास्क फोर्सका संयोजकसमेत रहेका डा. उप्रेतीले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत संस्थासँगको सहकार्यमा काम गर्दा पूर्व सूचना प्रणालीमा प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गरे ।

    उनले टास्क फोर्सले मनसुनजन्य सिजनमा निम्तनसक्ने प्राकृतिक जोखिमका घटनाबारे जन समुदायलाई पूर्व सूचीत गराउने प्रमुख उद्देश्य राखेको बताए ।

    नेपाल सरकारले आर्थिक वर्ष २०७९÷८० को लागि विपद् व्यवस्थापन अन्तर्गत प्रभावमा आधारित पूर्व सूचना प्रणालीका लागि १ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend