logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाली साहित्य क्षेत्रमा विगतदेखि रहेको पुरुषहरूको वर्चस्व तोडिँदै छः प्रधानमन्त्री देउवा

    नेपाली साहित्य क्षेत्रमा विगतदेखि रहेको पुरुषहरूको वर्चस्व तोडिँदै छः प्रधानमन्त्री देउवा

    5.2K
    Shares
    नेपाली साहित्य क्षेत्रमा विगतदेखि रहेको पुरुषहरूको वर्चस्व तोडिँदै छः प्रधानमन्त्री देउवा

     

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली साहित्यमा विगतदेखि रहेको पुरुष वर्चस्व तोडिदै गएको भन्दै नारी साहित्यकारहरूलाई थप प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले सरकारले साहित्य, कला र भाषाको विकासका लागि विभिन्न प्रतिष्ठानहरू स्थापना गरेर काम गरिरहेको बताए ।

    शनिबार काठमाडौंमा जापानका लागि नेपालकी पूर्वराजदूत प्रतिभा राणाद्वारा लिखित ‘गहिराई’ र ‘कर्टेन अफ माया’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले पुरुष साहित्यकारहरूको वर्चस्व रहेको नेपाली साहित्य क्षेत्रमा अहिले नारी साहित्यकारहरुको संख्या थपिदै गएको भन्दै प्रशंसा गरे ।

    उनले महिला साहित्यकारलाई थप प्रोत्साहन गरेर अघि बढाउनुपर्ने बताए । ‘विगतमा पुरुष साहित्यकारहरूको वर्चस्व थियो । अहिले नारी साहित्यकारहरुको संख्या समेत थपिँदो छ । यो खुसीको कुरा हो । हामीलाई नारी साहित्यहरूलाई थप प्रोत्साहन गरेर अघि बढाउनुपर्छ,’ उनले भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend