logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किदै

    नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किदै

    1.7K
    Shares
    नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किदै

    काठमाडौं । पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ । एकपछि अर्को खेलहरुमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न अक्षम छ । क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल अक्षम भएको केही समय यताका खेलहरूबाट स्पष्ट हुन्छ । नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भए ।

    दोस्रो धेरै मन पराइने क्रिकेटमा पनि पछिल्लो समय जित निकाल्न नेपाली टिमले सकेको छैन । खेल मात्रै कमजोर होइन, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरू पनि कमजोर र जिर्ण बन्दै गइरहेका छन् । खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढीरहेको नेपालमा भएका केही संरचनाहरुको समेत उचित संरक्षण र संवद्र्धन हुन नसक्नु दुःखद् हो । यिनै जिर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरु बाध्य बनेका छन् । भत्केका संरचनाहरू बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरू चनाखो देखिँदैनन् । संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ ।

    सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ भन्ने स्पष्ट हुन्छ । खेलका संरचनाहरू बिग्रिँदै गएका छन् । सातदोबाटोस्थित स्विमिङ पुलको दर्शक बस्ने कुर्सी, काठमाडौँको मुलपानीको क्रिकेट रङ्गशाला लगायत अधिकांश काठमाडौँ उपत्यकाका खेलकुद संरचनाहरू जीर्ण बनिरहेका छन् । त्रिपुरेश्वरस्थित स्विमिङ पुल त भूकम्पले भत्केपछि अलपत्र नै छ । रंगशालामा फ्याँकिएका नवौँ साफ खेलकुद प्रतियोगिताको मस्कट, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झन्डाहरू तस्बिर हेर्दा नै कस्तो अवस्था रहेछ भन्ने कुरा स्पष्ट बुझिन्छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरूले कैद गरेका जीर्ण बन्दै गरेका खेलकुदका संरचनाहरुका तस्बिर आजको फोटो फिचरमा ।

    सातदोवाटोस्थित एन्फा कम्प्लेक्स अगाडि बनाइएको फुटवलको प्रतिमा ।
    काठमाडौंको मुलपानीको क्रिकेट रंगशालामा पानी पसेपछि मिलाइदै ।
    पुल्चोक क्रिकेटको पिचसँगै युवकहरु फुटवल खेल्ने तयारीमा ।
    पुल्चोकको एक चौरमा फुटवल खेल्न लगाइएको जाली ।
    जावलाखेल फुटवल ग्राउण्ड ।
    रंगशालामा फ्याकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट ।
    सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरु ।
    सातदोवाटोस्थित स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend