logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जालसाझी गरेर विधेयक प्रमाणिकरण गरेकाले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: प्रेम सुवाल

    जालसाझी गरेर विधेयक प्रमाणिकरण गरेकाले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: प्रेम सुवाल

    1.6K
    Shares
    जालसाझी गरेर विधेयक प्रमाणिकरण गरेकाले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: प्रेम सुवाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक प्रमाणिकरण गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जालसाझी गरेको बताएका छन् । उनले यस विषयमा देशघात भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गरे ।

    उनले भने, ‘नागरिकता विधेयकमा प्रमाणिकरण भयो त्यो संविधान अनुसार, संसदीय व्यवस्था अनुसार मिल्दैन । संविधानको धारा ११३ मा सभामुखले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपपतिकहाँ पेस गर्ने भनेर स्पष्ट लेखेको छ । त्यसकारण नागरिकता विधेयक संसदलाई छलेर प्रधानमन्त्रीले सिफारिस गरे अनुसार राष्ट्रपतिबाट भएको प्रमाणिकरण एक किसिमको जालसाझी हो । जालसाझी राष्ट्रपति र प्रधानमन्त्रीले गर्नु हुँदैन । नेपालका राष्ट्रपति र प्रधानमन्त्री भारतीय एकाधिकार पुँजिको र भारतीय बिस्तारवादको गोटी चालमा फसेको पुष्टि भयो । दुवैले राजनीमा गर्नुपर्छ । संसदमा अविश्वास र महाअभियोगको प्रश्ताव ल्याउनुपर्छ । देशघात भएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend