
काठमाडौं । काठमाडौं महानगरले सामाखुशी खोला ढाक्ने गरी बनाएका कंक्रिट संरचना (स्ल्याब) भत्काउन थालेको छ । बसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुशी खोलामाथि निर्माण गरिएका कंक्रिट संरचना हटाउन महानगरपालिकाको डोजर चलाएको हो ।
आज शुक्रबारदेखि सामाखुशी खोला अतिक्रमण गरी बनाइएका ढलान, छोप्न प्रयोगका सामानहरु हटाउने कार्य थालिएको महानगर प्रहरीले जानकारी दिएको छ ।
महानगरका प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘खोला सतहमाथि कंक्रिटले ढाकेका ५–६ किलोमिटर जति ठाउँहरु हटाउनुपर्ने देखिएको छ, बसुन्धराबाट हटाउन सुरु भएको छ,’
सामाखुशी खोला किनारमा स्थानीयले घर बनाउँदा सडकका लागि छोड्नुपर्ने ४ मिटर क्षेत्र नछोडिकन घर बनाएर खोला माथि स्ल्याब ढलान राखेर बाटोको रुपमा प्रयोग गरेको बताए ।
सामाखुशी खोलालाई प्राकृतिक रुपमा आफ्नै ढंगले बग्न दिनका निमित्त अतिक्रमित भएका भौतिक संरचना हटाउन सुरू गरिएको उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend