logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बर्दिया कारागारमा ११ विदेशी नागरिक, अधिकांश जबर्जस्ती करणीमा संलग्न

    बर्दिया कारागारमा ११ विदेशी नागरिक, अधिकांश जबर्जस्ती करणीमा संलग्न

    2K
    Shares
    बर्दिया कारागारमा ११ विदेशी नागरिक, अधिकांश जबर्जस्ती करणीमा संलग्न

    बर्दिया । जिल्ला कारागार, बर्दियामा लागूऔषध, जबर्जस्ती करणी, डाँका चोरी तथा हातहतियार खरखजानाका मुद्दामा एक पाकिस्तानी र १० भारतीय नागरिकले सजाय भोगिरहेका छन् ।

    उनीहरूबाहेक ६ जना भारतीय नागरिक थुनुवा रहेका छन् । पाकिस्तानी नागरिक नासिर अली लागूऔषध कोकिनसहित काठमाडौंमा ०६५ साल पुस ९ गते पक्राउ परेका थिए । ०६७ साल असार २७ गतेको अदालतको फैसलाले उनलाई १५ वर्षको जेल सजाय र ५ लाख जरिवाना तोकेको थियो ।

    कारागार प्रमुख सन्तोष विकका अनुसार उनी मुलुकको करिब एक दर्जन कारागारबाट सरुवा हुँदै बर्दिया आएका थिए । २०८० साल पुस २८ गते जेल सजाय पूरा भई उनी कारागारमुक्त हुनेछन,’ उनले भने ‘अली पाकिस्तानस्थित एडजन थाना सेखपुर जिल्लाका बासिन्दा हुन ।

    यसैगरी भारत उत्तरप्रदेश राज्यको अजमगढ जिल्लाको अम्बेदगरनगर थाना टाण्डाका बहादुर लाल यादवले जबर्जस्ती करणीको अभियोगमा ११ वर्ष जेल सजाय भोगिरहेका छन् । ०७४ साल फागुन २४ गतेको फैसलाले उनले ११ वर्षको कैद सजाय भोग्दै आएका हुन् ।

    यस्तै उत्तरप्रदेश राज्यको बहराईच जिल्ला मिहीपुरुवाका विमलेस कुमार हरिजन लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनलाई ०७६ साल मंसिर ९ गतेको अदालतको फैसलाले १० वर्ष कैद र ७५ हजार जरिवाना तोकेको थियो ।

    उत्तर प्रदेश राज्य लखिमपुर खिरी ईन्द्रनगरका हरिजित सिंह पनि लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनलाई ०७८ असार ४ गते अदालतको फैसलाले ५ वर्ष कैद र १ लाख जरिवाना गरेको छ । उत्तर प्रदेश राज्यका नरपत नगरका इरसात अहम्मदलाई पनि ०७९ साल असार २४ गते अदालतको फैसलाले ५ वर्षको कैद र ७ हजार जरिवाना गरेको थियो ।

    अन्य ६ जनामध्ये तीन जना लागूऔषध ब्राउन सुगर र तीन जना डाँका, चोरी, हातहतियार खरखजना लगायत सांगठित अपराधका मुद्दा खेपिरहेका छन् । तर उनीहरूको अदालतबाट मुद्दा किनारा नलागेको कारागार प्रमुख विकले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend