मंगलबार, फाल्गुन २७ २०८१

मंगलबार, फाल्गुन २७ २०८१

माओवादीमा नेताहरुको विभाग हेरफेर, कसले के जिम्मेवारी पाए ?

माओवादीमा नेताहरुको विभाग हेरफेर, कसले के जिम्मेवारी पाए ?

काठमाडौं । माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर भएको छ । केन्द्रीय समिति बैठक अगाडि बालुवाटारको पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी फेरबदल गरेका हुन् ।

जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तलाई विशेष प्रदेशको जिम्मेवारी तोकिएको छ भने अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै, देवेन्द्र पौडेललाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ । यस्तैगरी, कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

केन्द्रीय समिति बैठक कमलादीमा बसिरहेको छ ।

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend