मंगलबार, फाल्गुन २७ २०८१

मंगलबार, फाल्गुन २७ २०८१

एकीकृत समाजवादीद्वारा महाधिवेशनका लागि आर्थिक संकलन शुरु

एकीकृत समाजवादीद्वारा महाधिवेशनका लागि आर्थिक संकलन शुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशनका लागि आर्थिक संकलन गर्न शुरु गरेको छ । एकीकृत समाजवादीको दशौँ महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक संकलन गर्न शुरु गरेको हो ।

मंगलवार पार्टीका उपाध्यक्ष तथा दशौँ महाधिवेशन आर्थिक परिचालन कमिटीको अध्यक्ष प्रमेश हमालको अध्यक्षतामा बसेको बैठकले आर्थिक सहयोग संकलन अभियान शुरु गर्ने निर्णय गरेको हो ।

समितिले आवश्यक आर्थिक संकलन गर्न रसिद प्याड छाप्ने काम गरेको र रसिद प्याडमा क्यु आर कोड पनि राखिएकाले क्यु आर कोडमार्फत पनि सहयोग गर्न सकिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनका लागि सहयोगस्वरुप २५ हजार रुपैयाँ क्यु आर कोडमार्फत दिनुभएको पनि उनले बताए ।

सचिव श्रेष्ठले पार्टीको स्थायी कमिटी बैठक वैशाख २६ गते, पोलिटब्युरो बैठक वैशाख २७ गते र केन्द्रिय कमिटी बैठक वैशाख २८–२९ गते बस्ने पनि जानकारी दिए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend