logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • टिकटकमाथि लगाइएको प्रतिबन्ध आज देखि हटाउने सरकारको तयारी

    टिकटकमाथि लगाइएको प्रतिबन्ध आज देखि हटाउने सरकारको तयारी

    539
    Shares
    टिकटकमाथि लगाइएको प्रतिबन्ध आज देखि हटाउने सरकारको तयारी

    काठमाडौँ । सरकारले आज देखि भिडियोमा आधारीत सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ ।

    सरकारले टिकटकलाई सर्तसहित नेपालमा सञ्चालन हुन दिन लागेको हो । सर्तअनुसार टिकटकले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने र अनुसन्धानमा सघाउने छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा सञ्चालन दिने प्रस्ताव लगेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गर्ने सम्भावना छ ।

    टिकटकले सरकारलाई प्रतिबन्ध खुलाउन बारम्बार आग्रह गर्दै आएको छ । पाँच दिनअघि टिकटकले नेपाल सरकारलाई प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको थियो । उसले नेपालले राखेको सबै सर्त पालना गर्ने जनाएको हो ।

    गत असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend