
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसद् अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरू ल्याएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले संसद्लाई अवमूल्यन गर्ने काम गरेको आरोप लगाए ।
उनले सरकारले संसद्लाई एक हदसम्म छल्ने कोशिस गरेको बताए ।
उनले रातारात अध्यादेश ल्याउने सरकारको नियतमाथि पनि प्रश्न उठाए ।
उनले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend