
ललितपुर । ललितपुरको गाउँ खोकनामा यतिबेला तोरी फुलेर सुन्दर दृश्य देखिएको छ । तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ ।
खोकना काठमाडौँ नजिकैको तोरीको तेलका लागि प्रख्यात छ । यहाँ स्थानीय कोलबाटै तोरीको तेल पेल्छन् । कतिपयले तोरीकै तेल बेचेर दैनिकी चलाउने पनि गरेका छन् ।
तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । फाँटमा फुलेर पहेँलपुर तोरीले यहाँको सुन्दरता निकै बढेको छ । शनिबार र बिदाको दिन अहिले आन्तरिक पर्यटकहरु पनि फोटो भिडियो खिच्दै गरेको देखिन्छ ।
तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend