
काठमाडौं । रङ्गै रङको पर्व होली नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। भोलि काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइन्छ भने तराईमा (पर्सी) शुक्रबार मनाइने गरिएको छ ।
होली नजिकिएसँगै राजधानीको असन क्षेत्रमा किनमेल गर्नेको भिड लागेको छ।
असन र इन्द्रचोकका गल्लीहरूमा होलीका रंग, टीशर्ट, कुर्ता, वाटर गन, र पानीका गुब्बाराहरू किन्नेहरू देखिन्छन्। व्यापारीहरू ग्राहक बोलाइरहेका छन्, कोही रंग छान्दै छन्, कोही मोलमोलाइ गर्दै छन्। सडकभरी चहलपहल छ। होलीको माहोल झल्किएको छ।
होली खेल्दा लगाइने लुगा बच्चाको जोडीको ३०० र ठूलोको जोडीको ४००मा बिक्री भइरहेको छ भने त्यस्तै पानी हालेर खेल्ने पिचकरी ५० रुपैयाँदेखि १५०० सम्म बिक्री भइरहेको छ। रङको प्याकेटको २० रुपैयाँदेखि २०० रुपैयाँ पर्ने व्यापारीहरु बताउँछन्।
तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend