काठमाडौं । एक नेपालीले अर्को नेपालीलाई ज्यान मार्ने धम्की दिएपछि न्यू जील्याण्डको अदालतले धम्की दिने नेपालीलाई देश छोड्न आदेश दिएकाे छ ।
सन् २०१८ देखि अध्ययनको क्रममा न्यू जील्याण्डमा बस्दै आएका विजय भण्डारीले अर्का नेपाली नागरिकलाई ज्यान मार्ने धम्की दिएका थिए ।
आफूले विदेशमा मदिरा सेवन तथा मोजमस्ती गरेको बारे नेपालमा रहेका अभिभावकलाई कुरा लगाइदिएको भन्दै उनले अचेत हुने गरी आक्रमण गरेकाे न्यू जील्याण्डकाे सञ्चारमाध्यम स्टफले उल्लेख गरेकाे छ ।
भण्डारीलाई सन् २०२० जुलाईमा ज्यान मार्ने धम्कीमा अदालतले दोषी ठहर गरेकाे थियो । भण्डारीले देश निकाला नगरियाेस् भन्ने अपिल अदालतसमक्ष गरेका थिए । तर उनकाे अपिल अदालतले अस्वीकार गरेकाे छ ।