सुनौलो नेपाल – २०७२ बैसाख १२ गते नेपालहरुले सम्झन नचाहादा नचाहदै जवरजस्ती सम्झन बाध्य हुने त्यो दिन नेपाली इतिहासकै कालो दिनमा दर्ज भएको छ ।
धेरै मानिसहरुका लागी कुनै कुनै रुपमा त्यो दिनसंग एउटा न एउटा अविस्मरणीय याद बाकी छ अझै पनि त्यो सम्झिंदा मन झसंग हुन्छ हातखुट्टा काम्न थाल्छन अनि त्यो समय त्यो ठाउँ त्यो घटना मानसपटलमा यसरी आइदिन्छ कि मानौ दिमागमा त्यो पलको एउटा फिल्मी सिडीनै रेकर्ड भएको छ ।
धेरैले धेरै चिज गुमाएको त्यो दिन रश्मिला अवालको लागी एउटा पिडा पछी यति खुसीको पल बन्यो कि त्यो सम्झिदा अझै उनका आँखा सम्हालिन सक्दैनन् ।
किनमेल गर्न घरदेखि ५ मिनेटको बाटोमा गएको समयमा विनाशकारी भूकम्प आयो घर ग्यल्यामै भत्कियो ४ महिने छोरा सोनिस अवाल सहित छोरी सोनिया त्यहि पुरीए घर पुग्दा त्यो देखिपछी उनको होस् हवास उड्यो ।
२ घण्टा पछी छोरी सोनियाको उद्दार भयो तर छोराको अत्तोपत्तो भएन एक्कासी १० घण्टा पछी कता कता छोरा रोएको आवाज आयो अनि खटिए नेपाली सेनासहित उद्दार टोलीमा स्थानीयहरू २२ घण्टा लामो संघर्ष पछी एउटा पुक्क परेका गाला, चिम्सा आँखा, रोएर थाकिसकेको सोनिस भग्नावशेषबाट बाहिर निस्कियो त्यो त्यहि सोनिस अवाल थियो ।
२२ घण्टा पुरिएर जीवित उद्दार भएको चार महिने शिशु राष्ट्रिय अन्तरराष्ट्रिय मिडिया मार्फत विश्व भरीका मानिसहरु सामु खबर फैलियो त्यसपछि सबैको मनमा बसेका सोनिस हरेक दिन बैसाख १२ गते धेरै मिडियाको आँखामा पर्छन ।
हामी पनि बैसाख १२ गते नै सोनिस अवाललाई पछ्याउन उनकै घरमा पुगेका थियौ हेरौ उनको घर र स्कुलमा पुगेर सुनौलो नेपालका लागी हामीले तयार पारेको यो भिडियो रिपोर्ट ।