सुनौलो नेपाल/काठमाडौँ – सार्थक डिजिटल प्रा.लि र जेब्रा क्रियसनले ‘नेपाल लोक आइडल २०७५’को आयोजनाा गर्ने भएको छ । मौलिक लोकगीत संगीतको संरक्षण, प्रवर्द्धन र लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त आईडल गर्न लागीएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक पक्षले जनाएको छ ।
लोक गीतको ईतिहासमै पहिलो र ठूलो आईडलमा नव प्रतिभावाहरुको खोजि गरिने आयोजक संस्थाका प्रबनधन जीवन पन्तले जानकारी दिएका छन् । सार्थक डिजिटलले आयोजना गर्ने ‘नेपाल लोक आइडल २०७५’ को प्रोडक्सन तर्फको सम्पुर्ण जिम्मेवारी जेब्रा क्रियशनले लिने बुझिएको छ ।
नेपाल लोक आर्इडलका लागि देशका सात वटै प्रदेशका विभिन्न स्थानमा अडिशन हुने र अडिसनमा छानिएका प्रतिस्पर्धीहरुलाई टप टेनको लागि काठमाण्डौमा प्रतिस्पर्धा गराइने छ ।
आयोजकका अनुसार प्रथम पुरस्कार ३० लाख दोश्रो पुरस्कार १५ लाख त्यसैगरी तेश्रो पुरस्कार १० लाख रहने छ । नेपाल लोक आर्इडलको शुरु हुने मिती र स्थानबा बारेमा केही दिनमै सम्पूर्ण जानकारी दिने आयोजकले बताएको छ ।
सोमबार साझ आयोजित कार्यक्रममा लोक दोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरु देबी घर्ती मुना थापा मगर पूर्णकला बिसी टिका पुन बसन्त थापा शिव हमाल ;लगायत थुप्रै चर्चित गायक गायिकाहरुको उपस्थिति रहेको थियो ।
हेर्नुहोस कार्यक्रमबारे थप जानकारी