सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना

पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना

काठमाडौँ । स्थानीय र पश्चिमी वायुको प्रभाव देशभर सामान्य परेको छ।

जसका कारण आज पहाडी भूभागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार सोमवार बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भू भागको मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही एक(दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम सामान्य बदली रही एक(दुई स्थानमा हल्का वर्षाको हुनेछ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend