logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पोखरा महानगरपालिकाको मेयरमा एमाले नेता राजीव पहारीको दाबी

    पोखरा महानगरपालिकाको मेयरमा एमाले नेता राजीव पहारीको दाबी

    6K
    Shares

    २९ चैत, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा प्रदेश सांसद तथा युवासंघका पूर्व अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले दाबी गरेका छन्।

    मंगलबार एमालेको महानगरपालिका कमिटीले मेयर र उपमेयरको आकांक्षीहरुको नाम संकलन गरेपछि सांसद पहारीले मेयरमा आफ्नो दाबी गरेका हुन्।

    सांसद पहारीसहित १२ जनाले र उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । मेयरका अन्य आकांक्षीहरुमा प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश प्रा। डा। विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मिनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् ।

    हालका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले भने कुनैपनि पदमा आगामी कार्यकालका लागि दावी गरेका छैनन् ।

    महानगरपालिका कमिटीले मेयर पदका आकांक्षीहरुलाई तीन हजार रुपैयाँ सहित मनोनयन दर्ता गरा गराउन भनेको थियो । अब दाबी गरिएका १२ जना मध्य छानेर महानगरपालिका कमिटीले मेयरका लागि दुई पुरुष र एक महिलाको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने र केन्द्रीय कमिटीले उमेद्वार छान्नेछ ।

    त्यस्तै पोखरा महानगरको उपप्रमुखका लागि भने ११ जनाले दावी गरेका छन् । उपमेयरका अन्य आकांक्षीहरुमा शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी ९त्रिपाठी०, जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री रहेका छन् ।

    आकांक्षीहरुबीच सहमतिको प्रयास गर्ने र सहमति नभए मतदानबाट ३ जनाको नाम छनोट गरी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने महानगरपालिका कमिटीले जानकारी दिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend