सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

गठबन्धनको बैठक सकेर भोज खान भारतीय दुतावासमा गठ बन्धनका नेताहरु

गठबन्धनको बैठक सकेर भोज खान भारतीय दुतावासमा गठ बन्धनका नेताहरु

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु रात्रीभोज खान भारतीय राजदूतावास पुगेका छन् ।

मंगलबार साँझ बालुवटारमा गठबन्धनको बैठक सकिएसँगै नेताहरु भोज खान भारतीय दुतावास पुगेका हुन ।

नेताहरु भारतको विदेश मन्त्रालयमा सचिव पदमा नियुक्त भएपछि आफ्नो कार्यकालको बीचमै स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले  बिदाई रात्रीभोजमा सहभागी हुन भारतीय राजदूतावास गएको बुझिएको छ ।

भोजमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचउर स्थित भारतीय दूतावास पुगेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend