काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् । नेपाल जाईका अलमनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताए ।
उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खेलेर प्रशंशा गरे । भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवाको क्षेत्रको काम गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद समेत व्यक्त गरे ।
मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग गर्दै आएको पनि स्मरण गराए । उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताए ।