logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • श्रीमती माइत गएको झोँकमा एक युवले आफ्नै खुट्टामा बञ्चरो प्रहार

    श्रीमती माइत गएको झोँकमा एक युवले आफ्नै खुट्टामा बञ्चरो प्रहार

    6.8K
    Shares

     

    काठमाडौं । कञ्चनपुरमा श्रीमती माइत गएको झोँकमा आफ्नै खुट्टामा बञ्चरो प्रहार गरेका छन् । शुक्लाफाँटा नगरपालिका ७ शान्तिपुरका ४० वर्षीय गणेश लुहारले आफ्नै खुट्टामा बञ्चरो प्रहार गरेका हुन् ।

    बञ्चरो प्रहारबाट लुहारको दायाँ खुट्टा गोलीगाँठाबाट छुट्टिएको छ
    । इलाका प्रहरी कार्यालय झलारीका अनुसार आइतबार उनले छिमेकीको ट्युबवेलमा राखेर खुट्टोमाथि बञ्चरो प्रहार गरेका हुन् ।

    आफ्नै खुट्टो छिनाउने लुहारलाई प्रहरीले तत्कालै काटिएको खुट्टासहित महाकाली अस्पताल महेन्द्रनगर लगेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको मानसिक स्थिति ठिक नभएको अनुमान प्रहरीले गरेको छ। पतिले दुःख दिएको भन्दै उनकी पत्नी धेरै दिनदेखि २ छोरीसहित माइतमा बस्दै आएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend