logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • जिल्ला प्रहरी परिसर र गोकर्णेश्वर नगरपालिकाबीच सहकार्य : जनचेतनामूलक पाठ्यसामाग्री २०८१ हस्तान्तरण तथा सम्झौता

    जिल्ला प्रहरी परिसर र गोकर्णेश्वर नगरपालिकाबीच सहकार्य : जनचेतनामूलक पाठ्यसामाग्री २०८१ हस्तान्तरण तथा सम्झौता

    624
    Shares
    जिल्ला प्रहरी परिसर र गोकर्णेश्वर नगरपालिकाबीच सहकार्य : जनचेतनामूलक पाठ्यसामाग्री २०८१ हस्तान्तरण तथा सम्झौता

    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ तथा गोकर्णेश्वर नगरपालिकाको संयुक्त साझेदारीमा जनचेतनामूलक पाठ्यक्रम २०८१ हस्तान्तरण तथा सम्झौता कार्यक्रम आज आयोजना गरिएको छ ।

    सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल आज हस्तान्तरण तथा सम्झौता गरिएको उक्त पाठ्यपुस्तक नगरपालिकाभरिका सबै विद्यालयमा सन्दर्भ सामग्रीका रुपमा कार्यान्वयनमा लैजाने बताए । उनले भने, “आज हस्तान्तरण एवं सम्झौता भएको यो जनचेतनामूलक पाठ्यक्रमले शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सहयोग मिल्नेछ । यसलाई विद्यालय तहमा कार्यान्वयनमा लैजान नगरपालिका प्रतिवद्धछ ।”

    यसैगरी उनले विद्यालयस्तरका बालबालिकालाई कुलत तथा दुव्र्यसनबाट जोगाउन आज सम्झौता तथा हस्तान्तरण गरिएको जनचेतनामूलक पाठ्यक्रम (पाठ्यसामग्री) २०८१ ले राम्रो काम गर्ने बताए । उक्त सामग्री सबै क्षेत्रका स्थानीय तहका विद्यालयमा पनि हस्तान्तरण गर्नु पर्ने उनको भनाई थियो ।

    उक्त जनचेतनामूलक पाठ्यक्रम २०८१ लाई नगरभित्रका विद्यालयमा सन्दर्भ सामग्री एवं पाठ्यक्रमको अशंका रुपमा कार्यान्वयनमा गरिने नगर प्रमुख रिसालले प्रतिबद्धता समेत जनाए ।

     

    सो कार्यक्रमका प्रमुख अतिथी तथा उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले पछिल्लो समय विद्यालयका बालबालिकामा दुव्र्यसनी लगायतका बिभिन्न घटनाक्रम बढेको पाइएकाले अभिभावकले पनि उक्त कुरामा सचेत हुन तथा आफ्ना नानीबाबुलाई विशेष ध्यान दिन आग्रह गरे ।

     

    उनले भने, “विभिन्न तत्थ्याङ्क हेर्दा स्कुले बालबालिकामा पनि दुव्र्यसनी बढेको पाइएको छ, अभिभावकले पनि आफ्ना नानीबाबुका बारेमा विशेष ध्यान जरुरी रहेको छ ।” यसैगरी उनले जिल्ला प्रहरी परिसर काठमाडौँ तथा गोकर्णेश्वर नगरपालिकाको संयुक्त साझेदारीमा जनचेतनामूलक पाठ्यक्रम तयार पारिएकाले उक्त पाठ्यक्रमले बालबालिकामा सकारात्मक सोचको विकास हुने बताए ।

    उनले भने “नगरभित्र शान्ति सुरक्षा कायम गर्न, सामाजिक सद्भावलाई थप सुदृढ बनाउन, लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न, धुमपान, मद्यपान, साइबर अपराधलाई न्यूनीकरण गर्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालित रहेका छन् ।”

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले आज हस्तान्तरण तथा सम्झौता गरिएको उक्त पाठ्यपुस्तक (पाठ्यसामाग्री) विद्यालयमा लागू भएपछि त्यसबाट विद्यार्थीमा भए÷गरेका विभिन्न सकारात्मक पक्षका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले समय–समयमा अनुगमनसहित सुझाव लिई अन्य सकारात्मक कुराहरुका विषयमा काम गर्ने बताए ।

    उनले भने, “समाजबाट दुव्र्यसनी अन्त्य गर्न प्रहरीसहित नागरिक र विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको छ, कुनै सहयोग गर्नुपर्ने भए जिल्ला प्रहरी परिसरमा खबर गर्न हामी सबैमा आग्रह गर्दछौँ ।”

    जनचेतनामूलक पाठ्यक्रम तयार गरी विद्यालयस्तरमा पठनपाठन गराई विद्यार्थीलाई भोलिका सुयोग्य एवं असल नागरिकमा रुपान्तरण गरी सर्वाङ्गीण विकासको प्रमुख आधार तयार गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी परिसर काठमाडौँको सक्रियतामा प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत तयार गरिएको जनचेतनामूलक पाठ्यक्रम २०८१ को सम्झौता तथा हस्तान्तरण गरिएको उनको भनाई छ ।

    उनका अनुसार आज हस्तान्तरण तथा सम्झौता गरिएको उक्त जनचेतनामूलक पाठ्यक्रम २०८१ मा लागुऔषध दुव्र्यसनी, धुमपान मद्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर (अपराध), ट्राफिक सचेनता, विपद् जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका संकेत र बचाउने उपाय समावेश गरिएका छन् ।

    यसैगरी घटनास्थलको सुरक्षा, आपराधिक दर्ता प्रणाली, प्रहरी चारित्रिक (चालचलन) प्रमाणपत्र, घटना हुन नदिने तथा रोकथाम गर्ने उपाय, असल नागरिकका कर्तव्य र जिम्मेवारी, जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय र चोरी तथा चोरी हुनबाट बच्ने उपाय समेटिएका छन् ।

    उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा तथा गोकर्णेश्वर नगरपालिकाका बिद्यालयका शिक्षकबीच उक्त पाठ्यसामग्रीमा आज हस्तान्तरण एवं सम्झौता गरिएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend