logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश फेरी पक्राउ

    पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश फेरी पक्राउ

    2.5K
    Shares
    पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश फेरी पक्राउ

    काठमाडौँ । रुपन्देही प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनलाई फेरी पक्राउ गरेको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको आधारमा उनलाई रुपन्देही प्रहरीले आज फेरी पक्राउ गरेको जनाइएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेका स्रोतले बतायो ।

    दीपेश पुनका बारेमा सीआईबीमा अर्को उजुरी भएका कारण उनी पक्राउ परेका प्रहरी स्रोतले सुनौलो नेपाललाई बतायो । पक्राउ परेका पुनलाई आजै काठमाडौँ ल्याइएको स्रोतको दाबी छ ।

    ६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाले पुन छानबिनको दायरामा रहेको बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend