logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • प्रचण्ड र माधव नेपालले कम्युनिस्ट पार्टीलाई कमजोर पारे: अध्यक्ष ओली

    प्रचण्ड र माधव नेपालले कम्युनिस्ट पार्टीलाई कमजोर पारे: अध्यक्ष ओली

    7.9K
    Shares

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको खोल ओढेर पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले कम्युनिस्ट आन्दोलन कमजोर पारेको बताएका छन् । एमाले सोलुखुम्बुको चुनावी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ओलीले दुई नेताले कम्युनिस्ट पार्टीलाई कमजोर पारेको आरोप लगाए । “हिजोमात्रै माधव नेपालको भाषण सुन्नुभयो भने अचम्म लाग्न सक्छ । तर, अचम्म मान्नुपर्दैन । कांग्रेसलाई उनले धम्क्याए,” ओलीले भने, “एमाले कमजोर कसले पार्‍यो ? एमालेको सरकार कसले ढाल्यो रु मलाई अपमान गर्ने रु म गठबन्धन छोड्छु । भन्दै थिए ।”

    आफूले एकता गरेर कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमत पुर्‍याए पनि प्रचण्डले पार्टी फुटाएको आरोप ओलीले लगाए ।

    नेता नेपालले एमालेको महासचिवका रूपमा १५ वर्ष नेतृत्व गरे पनि २४० मा ३३ सिट मात्र जिएको ओलीको भनाइ छ । कम्युनिस्टलाई कमजोर पार्ने मान्छे माधव नेपाल नै भएको उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend