आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सेनाको गणभित्रै गोली चल्यो, एक जना गम्भिर घाइते

सेनाको गणभित्रै गोली चल्यो, एक जना गम्भिर घाइते

कपिलवस्तु । कपिलवस्तुस्थित नेपाली सेनाको शमसेर दल गण भित्र गोली चलेको छ ।  बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी छन् ।

गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणमा कार्यरत सैनिक जवानलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

गणको भित्रि पोष्टमा कार्यरत झापा गौरादह १ कि २४ वर्षीया कोपिला राजवंशीलाई गोली लागेको अवस्थामा बुधबार राती लुम्बिनी प्रादेशिक अस्पताल ल्याईएको थियो । बुटवलमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो ।

उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो । बुधबार साँझ ७ बजेतिर भएको उक्त घटनापछि उनको छाती र पेटमा दुई वटा गोली लागेको छ ।

सैनिक स्रोतले राजवंशी आफैंले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएकोबारे अहिलेसम्म खुलाईएको छैन । घाइते राजवंशीलाई उपचारको लागि नेपाली सेनाको टोली आफैंले अस्पताल ल्याएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend