आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कांग्रेसबाट काठमाडौंको मेयरमा प्रकाशमान पत्नीसहित ५ जनाको नाम सिफारिस

कांग्रेसबाट काठमाडौंको मेयरमा प्रकाशमान पत्नीसहित ५ जनाको नाम सिफारिस

काठमाडौं । काठमाडौं महानगरको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित ५ जनाको नाम वागमती प्रदेश समितिमा सिफारिस गरेको छ । नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।

शाक्य नगर समितिका सभापति एवं काठमाडौं वडा नम्बर २५ का वडाध्यक्ष हुन् । सिंह पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् भने हरिप्रभा खड्गी काठमाडौं महानगरपालिकाका उपप्रमुख हुन् । बैद्य नगर समितिका सचिव हुन् भने रञ्जित नगर समितिको सभापतिमा पराजित भएका थिए ।

सत्तारुढ पाँचदलीय गठबन्धनले गरेको सहमतिअनुसार काठमाडौंको मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा गरेको छ । तर कांग्रेसको नगर समितिले भने उपमेयरका लागि सुशीला ढकाल र प्रा. डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ ।

हेर्नुहोस् महानगर समितिको सिफारिस पत्र :

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend