आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राप्रपाबाट काठमाडौं महानगर मेयरमा कलाकार मदनदासको सम्भावना

राप्रपाबाट काठमाडौं महानगर मेयरमा कलाकार मदनदासको सम्भावना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको मेयरको उम्मेदवार कलाकार मदनदास श्रेष्ठलाई बनाउने भएको छ । पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । यद्यपि उनको नाम टुंगो लागिसकेको भने छैन । उनीसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा पनि छलफल भइरहेको राप्रपाका एक पदाधिकारीले बताए ।

अधिकारीले मानेमा उनलाई नै उम्मेदवार बनाउने राप्रपाको चाहना छ । तर उनले धेरै रुची नदेखाएको राप्रपाका एक पदाधिकारीले बताए ।

ललितपुर महानगरपालिकामा भने राप्रपाबाट अष्ट महर्जन र हसिना शाक्य दाबेदार रहेका छन् र महर्जन राप्रपाको ललितपुर जिल्ला अध्यक्ष हुन् भने शाक्य ०७४ सालमा माओवादी केन्द्रबाट ललितपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार थिइन् ।

पोखरा महानगरपालिकामा भने विश्व हिन्दू महासंघका उपाध्यक्ष शंकर खराल मेयरको उम्मेदवार बन्ने निश्चित भइसकेको राप्रपा नेताहरुले बताएका छन् ।

मेयरको उम्मेदवारका लागि विभिन्न व्यक्तिको विषयमा छलफल भइरहेको र शुक्रबारसम्म टुंगोमा पुग्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले काठमाडौंसहितका महानगरपालिकामा भने तालमेल नगर्ने उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend