आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रेडपाण्डाको छालासहित २ जना पक्राउ

रेडपाण्डाको छालासहित २ जना पक्राउ

काठमाडौँ । काठमाडौँको एक होटलबाट रेडपाण्डाको छाला जस्तो देखिने वस्तुसहित २ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१ महेन्द्रशालिकस्थित होटल मिर्चीबाट उनीहरूलाई १ थान छालासहित बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका(२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend