आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चार वर्षीया बालिकालाई बलात्कार गर्ने एक जना युवक पक्राउ

चार वर्षीया बालिकालाई बलात्कार गर्ने एक जना युवक पक्राउ

पर्वत । पर्वतको जलजला गाउँपालिकाबाट चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको हो ।

अभियुक्त छिनालले वैशाख ८ गते साँझ सात बजेको समयमा वारी बेनीकै चार वर्षीय बालिकामाथि बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

छिनालले जबरजस्ती करणी गरेपछि बालिका बेहोस अवस्थामा रहेको बेलामा आफन्तले फेला पारेर उपचारको लागी बेनी अस्पताल म्याग्दीमा लगेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend