आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मेयरको टिकट पाएपछि केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

मेयरको टिकट पाएपछि केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

हेटौंडा । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बन्न लागेका केशव स्थापितले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

आजैदेखि लागू हुने गरी स्थापितले राजीनामा दिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि भरतपुरको मेयर बन्न विजय सुवेदीले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend