आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नेपालगञ्जमा कांग्रेस जसपा तालमेल : मेयरमा कांग्रेसका प्रशान्त उपमेयरमा जसपाका कमरुद्दिन

नेपालगञ्जमा कांग्रेस जसपा तालमेल : मेयरमा कांग्रेसका प्रशान्त उपमेयरमा जसपाका कमरुद्दिन

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट नेपालगञ्ज उपमहानगरको मेयरमा प्रशान्त विष्ट र उपमेयरमा जसपाबाट कमरुद्दिन राईले टिकट पाउने भएका छन् ।

विष्ट नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरका सभापति हुन् भने राई जसपाका जिल्ला अध्यक्ष हुन् । गठबन्धनबाट मेयरको उम्मेदवार तय भएका विष्टले आज दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने तयारी भइरहेको बताए ।

गठबन्धनको भागबन्डामा नेपालगञ्ज नेपाली कांग्रेसलाई परेपछि जसपाका जिल्ला तहका नेताहरू रुष्ट भएका थिए ।

जसपा जिल्ला अध्यक्ष राईले आफूले मेयरको टिकट नपाए कसैसँग गठबन्धन नगर्ने, बरु पार्टीले जबर्जस्ती गरेको खण्डमा छुट्टै चिहृन लिएर चुनाव लड्ने बताएका थिए । अन्ततः जसपा उपमेयरमा चित्त बुझाउन तयार भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend