सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

ट्रक र बाइक ठोक्किदा बाइक चालकले ट्रक चालकलाई निर्घात कुटपिट

ट्रक र बाइक ठोक्किदा बाइक चालकले ट्रक चालकलाई निर्घात कुटपिट

पोखरा । पोखरामा मोटरसाइकल चालकले ट्रक चालकलाई निर्घात कुटपिट गरेका छन् । म्याग्दी घर भई पोखरा बस्ने ४५ वर्षीय मिन बहादुर मगरले बाराका ३२ वर्षीय नवराज कार्कीलाई कुटपिट गरेका हुन् ।

पोखरा महानगरपालिकाको फिर्के पुल नजिकै ट्रक र बाइक ठोक्किएको र बाइक चालकले ट्रकबाट झारेर ट्रक चालक नवराज कार्कीलाई निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते कार्की गण्डकी मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भएका छन् । मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय बैदामले पक्राउ गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend