आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पोखरामा कांग्रेसबाटै ३ जना बागी उम्मेदवार

पोखरामा कांग्रेसबाटै ३ जना बागी उम्मेदवार

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ३ जना नेताले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या ३ पुगेको हो ।

सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए ।

मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका पुराना नेता हुन् । उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव थिए । कांग्रेसबाट आइतबार विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका थिए ।

कांग्रेस कार्यकर्ताको मनदेखि नै मत पाउने गरी आफूले उम्मेदवारी दर्ता गराएको तिवारीले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend