आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

लागूऔषधसहित कोटेश्वरबाट एक जना पक्राउ

लागूऔषधसहित कोटेश्वरबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले ७५ एम्पुल लागूऔषधसहित कोटेश्वरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्‍ने ३२ वर्षीय मुकुन्द केसी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २५ एम्पूल डाइजेपाम, २५ एम्पूल फेनेरगन र २५ एम्पूल नूफिन तथा स्कुटर बरामद गरेको छ ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend