आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काठमाडौं बस्नेलाई टिकट दिएपछि सिन्धुपाल्चोक माओवादीका दुई पक्षबीच झडप, अश्रु ग्याँस प्रहार

काठमाडौं बस्नेलाई टिकट दिएपछि सिन्धुपाल्चोक माओवादीका दुई पक्षबीच झडप, अश्रु ग्याँस प्रहार

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तामै झडप भएको छ ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

उनका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रुग्याँस पनि प्रहार गरिएको छ । चौतारा माओवादी नेता अमानसिंह तामाङले स्थानीय आवश्यकताका आधारमा भन्दा पनि काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको बताए ।

उनले भने, ‘मैले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको छु ।’ झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend