आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार मंचले फोटो प्रदर्शनी

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार मंचले फोटो प्रदर्शनी

काठमाडौं । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकारहरुको संस्थाहरु फोटो प्रदर्शनी गरेकाछन् । मंगलवार बसन्तपुरमा पिजे क्लव र नेपाल फोटो पत्रकार मंचले खुल्ला फोटो प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा फोटो पत्रकारहरुले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख र जोखिमहरुलाई अभिव्यक्त गर्ने किसिमका ३० वटा फोटोहरु राखिएका छन् । प्रदर्शनी आज एकदिन सम्म चल्ने नेपाल फोटो पत्रकार क्लव पिजे क्लब कि अध्यक्ष श्रुति श्रेष्ठले बताईन् ।

प्रदर्शनीमा फोटो पत्रकारहरुले काम गर्ने क्रममा कत्तिको जोखिम, संघर्ष र चुनौती मोलेर काम गरिरहेका हुन्छन् भन्ने देखाउनेगरी फोटोहरु प्रदर्शन गरिएको उनले बताउनुभयो । त्यसैगरी फोटो पत्रकारिताको इतिहासको बारेमा पनि सर्वसाधारणलाई जानकारी गराउने हिसाबले खुल्ला रुपमा प्रदर्शनी गरिएको उनले उल्लेख गरे ।

‘लेन्सबाट फोटो पत्रकारिता’ मुल नारा दिई गरिएको फोटो प्रदर्शनीका लागि नेपाल पत्रकार महासंघ र सेन्टर फर मिडिया रिसर्च नेपालले सहयोग गरेका छन् । त्यसैगरी, ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसकै अवसरमा वसन्तपुरमै राष्ट्रिय फोटो पत्रकार समुह नेपालले पनि ‘नेपाल इन लकडाउन’ नाम दिई फोटो प्रदर्शनी गरेको छ । सो प्रदर्शनीमा कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समयमा खिचिएका फोटोहरु प्रदर्शन गरिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend