सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रथमा करेन्ट लागेर दुई बच्चासहित ११ जनाको मृत्‍यु, १५ जना गम्भिर घाइते

रथमा करेन्ट लागेर दुई बच्चासहित ११ जनाको मृत्‍यु, १५ जना गम्भिर घाइते

एजेन्सी । भारतको तमिलनाडु राज्यस्थित तंजावुर जिल्लामा निकालिएको एक रथ यात्राको क्रममा रथमा करेन्ट लागेसँगै दुई जना बच्चासहित ११ जनाको मृत्‍यु भएको छ भने १५ जना गम्भिर घाइते भएका छन् ।

भारतीय संचार माध्यमहरुले जानकारी गराए अनुसार रथले सडक छेउमा रहेको हाइ भोल्टेज तारलाई छुँदा सो घटना घटेको हो ।

घटनामा स्थानीय प्रहरीले घटनाको बारे थप अनुसन्धान भइरहेको जनाएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले दुस्ख व्यक्त गरेका छन् ।

यस्तै तमिलनाडुका मुख्य मन्त्री एमके स्टालीन घटनामा दुख व्यक्त गर्दै मृतकका परिवारलाई ५ लाख भारु र घाइतेहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend