आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

तीर्थयात्री बोकेको बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २८ जना घाइते

तीर्थयात्री बोकेको बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २८ जना घाइते

मुस्ताङ । मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थयात्री बोकेर गएको ना ५ क २१५९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

सोही दुर्घटनामा २८ जना घाइते भएका छन् । मुस्ताङको वारागुङ गाउँपालिका–१ मा दुर्घटनामा परेको बसमा ३८ जना तीर्थयात्री रहेको बताइएको छ । बसले स्कुटरलाई ठक्कर दिएको हो ।

बसको ठक्‍करबाट स्कुटर चालक महिलाको मृत्यु भएको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend