आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

युवक अपहरण गरेको आरोपमा ५ जना पक्राउ

युवक अपहरण गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । सिनामंगलबाट एक युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरी परिसर, काठमाडौंको टोलीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका अनुसार सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरी बताउँछ ।

थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend