आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पोखराका अटेरी अभियन्ता अशोक खड्का पक्राउ

पोखराका अटेरी अभियन्ता अशोक खड्का पक्राउ

पोखरा । कास्की प्रहरीले ‘अटेरी’ अभियन्ता अशोक खड्कालाई पक्राउ गरेको छ । शनिबार चुनाव चिह्नको विषयलाई लिएर गरेको प्रदर्शनबारे सोधपुछ गर्न खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उच्छृङ्खल क्रियाकलाप र गालीगलौज गरेको कसुरमा खड्कालाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

यो अभियानका अभियन्ताले पोखरामा मेयरसहित वडाध्यक्ष र वडासदस्यमा उम्मेदवारी दिएका छन् । अभियानले शनिबार बिहान लौरो चुनाव चिह्न पाएको थियो । पछि लौरो चुनाव चिह्न खोसिएपछि अटेरी अभियन्ताले शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि प्रदर्शन गरेका थिए ।

त्यहाँ अभियन्ता अशोकले आक्रोशित भएर निर्वाचन अधिकृतलाई धम्क्याएका थिए । ‘अटेरी अभियानले लौरो चुनाव चिह्न पाए पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्छ,’ उनले गेटअघि उभिएर आक्रोश पोखेका थिए ।

उनको यही गतिविधिबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखराले कास्की प्रहरीमा लिखित ध्यानाकर्षण गराएको थियो । कार्यालयको पत्रपछि प्रहरीले खड्कालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend