आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

करिब एक किलो सुनसहित एक जना पक्राउ

करिब एक किलो सुनसहित एक जना पक्राउ

नेपालगञ्ज । बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो ।

सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हार, मङुगलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलीग्रामका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको गहनाको अन्दाजी मूल्य रु ६२ लाख बराबरको रहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट सिंहले यही वैशाख ४ गते भारतको बैङ्गलौरस्थित सुन पसलबाट चोरी गरेको बुझिएको छ । यसका लागि भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न व्यक्ति पक्राउ नपरेको हुँदा मालसामान धनीहरूको नाम गोप्य राखेको जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend