सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कुटपिट गरेर आफ्नै बुबाको हत्या, छोरा पक्राउ

कुटपिट गरेर आफ्नै बुबाको हत्या, छोरा पक्राउ

नवलपरासी । नवलपरासी (पश्चिम) मा आफ्नै बुबालाई कुटपिट गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।

बालगोविन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend