
काठमाडौं । काभ्रेमा भएको दुर्घटनामा परी मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका ७ का ३० वर्षका विक्रम श्रेष्ठ, वडा नम्बर ४ का ४५ वर्षका हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षकी प्रमिला नेपाली छन् । यस्तै, रामेछाप खडादेवी गाउँपालिका ८ की ३० वर्षीया सम्झना भुषाल र उनका ७ वर्षका छोरा संगीत भुषालको पनि मृत्यु भएको छ ।
भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको हो ।
युपी ५८ टी ८१८१ नम्बरको भारतीय गाडी र ना १ ज ४२१० नम्बरको जिप रोशी गाउँपालिका–११ मा ठोक्किएर दुर्घटना भएको दुर्घटनामा एक जना बालकसहित ५ जनाको मृत्यु भएको काभ्रे प्रहरीका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूमध्ये १० घाइते भारतीय छन्। ‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने।
जिप तीव्र गतिमा रहेकोले अनियन्त्रित भएर भारतीय नम्बर प्लेटको गाडीसँग ठक्कर खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।
याे पनि :
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend