logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको छ: वरिष्ठ उपाध्यक्ष साह

    नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको छ: वरिष्ठ उपाध्यक्ष साह

    3.7K
    Shares

    काठमाडौं । होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । बिहीवार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालमा सेफहरु मनग्य उत्पादन भएपनि सबै क्षेत्रमा पु¥याउन नसकिएको बताए । अधिकांश पाँचतारे होटलहरु काठमाडौंमै रहेकोले मानिसहरु पनि सुविधाका कारण बाहिरी जिल्लामा जान नरुचाउने गरेको बताए । वरिष्ठ उपाध्यक्ष साहले सिद्धहस्त सेफहरुको पहिलो रोजाइ विदेश भएकोले पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको बताए ।

    त्यस्तै सेफ्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्याम लामाले सेफहरुको क्षेत्रमा सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले सेफ सोसाइटीले गरेको क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्ने बताए ।

    सेफ्स एशोसिएशन अफ नेपालले खानाको शुद्धता तथा स्वास्थ्यता हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहित यस वर्ष आफ्नो २८ औँ वार्षिकोत्सव मनाइरहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend