सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बैतडीमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

बैतडीमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

बैतडी । बैतडीमा यही वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मतपरिणाम नआउँदासम्मको अवधिमा मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा र सेवनमा रोक लगाउने निर्णय भएको हो ।

मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको र कसैले निर्णयविपरीत काम गरेको पाइएमा कानूनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा सम्पन्न सर्वपक्षीय बैठकमा राजनीतिक दलका जिल्लास्थित प्रतिनिधि तथा व्यवसायीको सहभागिता थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend